भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी : प्रचण्ड

akabarenews.com

काठमाडौं -- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गरेका छन्  । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए ।

उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं । उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरेका छन् । प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताएका छन् । उनले भने, नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् । प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताएका छन्  । उनले भने, यी परकारका सहमति यसरी नै हूँदै अएको थियो ।

प्रतिक्रिया