मोहन वैद्य किरणको स्वास्थ्य अवस्था हाल स्थिर, आईसीयू कक्षमा उपचार हुदै

akabarenews.com

काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ ।

 जेठ १८ गतेदेखि उहाँको आईसीयूमा उपचार भइरहेको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि महासचिव मोहन वैद्य किरण जेठ १८ गतेदेखि अस्पताल भर्ना भएका हुन् । 

अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उहालाई आईसीयूमै राखेर उपचार गरिरहेको र उहाको स्वास्थ्य अवस्था पहिलाको भन्दा धेरै बिग्रिएको नेता इश्वर तिमिल्सिनाले साझा लाल्टिन लाई जानकारी दिनुभएको छ ।

स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिमा भएको संक्रमण घटेको छैन,’ नेता तिमिल्सिनाले भन्नु भयो , उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ ।

७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण अस्पताल राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया