काठमाडौं महानगरपालिकामा खाद्य सल्लाहकारको भूमिका निभाउँदै आएका गिरि अब संघीय राजनीतिमा प्रवेश गर्ने संकेत

akabarenews.com

*सुधिर लोहनी

काठमाडौँ__रूपन्देही–३ निर्वाचन क्षेत्रको संघीय निर्वाचनका लागि सम्भावित उम्मेदवारको रूपमा सन्तोष गिरिको नाम पछिल्ला दिनमा चर्चामा आउन थालेको छ। खाद्य सुरक्षा, पोषण, र स्थानीय उत्पादन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका गिरि हाल काठमाडौं महानगरपालिकामा खाद्य नीति सल्लाहकारको रूपमा कार्यरत छन्। उनी काठमाडौंका मेयर बालेन शाहका निकट सल्लाहकारसमेत मानिन्छन्।

गिरिले काठमाडौं महानगरपालिका अन्तर्गत विद्यालयहरूमा पोषणयुक्त खाना अभियान, सडक खानाको स्तरीकरण, तथा सहरी कृषि प्रवर्द्धनका क्षेत्रमा नीतिगत परामर्श दिँदै आएका छन्। व्यावसायिक पृष्ठभूमिका साथै समाजसेवामा पनि सक्रिय रहँदै आएका गिरिले विगत एक दशकदेखि रूपन्देहीमा युवा सञ्जाल, खाद्य सुरक्षासम्बन्धी गोष्ठी, तथा स्थानीय उत्पादनमा आधारित सहकारी अभियानहरू सञ्चालन गर्दै आएका छन्।

स्थानीय जनसमुदाय, बुद्धिजीवी, र युवाहरूबीच गिरिको नामले व्यापक सकारात्मक प्रतिक्रिया पाएको देखिन्छ। उनी युवा नेतृत्व, पारदर्शिता, र नवप्रवर्तनशील सोचको प्रतिनिधित्व गर्ने पात्रको रूपमा अगाडि आइरहेका छन्। संघीय राजनीतिमा परिवर्तनकारी विचार र व्यवहार बोकेर आउने तयारीमा रहेका गिरिलाई विभिन्न युवा तथा नागरिक समूहहरूले समर्थन जनाउँदै आएका छन्।

यदि उनी उम्मेदवार बनेमा, परम्परागत राजनीतिक शैलीमा विश्वास नगर्ने मतदाताहरूमाझ उनी लोकप्रिय बन्ने सम्भावना बलियो देखिन्छ। गिरिले भने यसबारेमा अहिलेसम्म औपचारिक रूपमा केही नबताए पनि निकट भविष्यमा ठूलो घोषणाको सम्भावना गरिएको छ।

लेखक अकबरे न्युज डट कमका अध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया