चलचित्र ‘मन बिनाको धन’ को सुटिङ सकियो

akabarenews.com

काठमाडौँ २४  जेठ - टङ्क बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको सुटिङ २८ दिनमा सकिएको हो ।

फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायाङ्कन गर्दै इन्डकल्याप गरिएको हो । फिल्मको काठमाडौँको अलवा, मुस्ताङ, पोखरा लगायतमा छायाङ्कन भएको छ । निर्देशक बुढाथोकीले फिल्म तिहारको समयमा रिलिज गर्ने तयारी भएको बताए ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टङ्क बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् । फिल्मका निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।


प्रतिक्रिया