खोटाङमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठे खोलामा बिहान विङ्गर गाडी दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेकोमा कटारीतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएर थप उपचारकोलागि प्रादेशिक अस्पताल कटारी तर्फ पटाइएकोमा बाटोमा नै मृत्यु भएको भए पनि अस्पताल पुगेपछि पुष्टि हुने प्रहरीको दाबी छ।
दुर्घटनामा घाइते भएका १७ जना मध्ये मृत्यु भएको भनिएकी ममतादेवीलाई कटारी पठाइएको, १० जनालाई काठमाडौँ पठाएको र ६ जनाको उपचार पछि डिस्चार्ज भएको डिएसपी विष्टले बताए।
प्रहरीका अनुसार प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी बिहान दुर्घटना भएको हो। हलेसी दर्जन गरेर फर्किने क्रममा सिरहा जिल्लाको नराहा नगरपालिका वडा नं ५ फर्किँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
तीनजना घाइतेलाई नगरपालिकाको एम्बुलेन्समार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएकोमा अवस्था गम्भीर पाइएपछि काठमाडौँ पठाइएको सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।