रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

akabarenews.com

सुर्खेत। रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।  मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

सइ  चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए ।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन ।

दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।

-राससको सहयोगमा 

प्रतिक्रिया