
मलाई थाहा छ, यो विषय अलिक अचम्मको लाग्न सक्छ, हैन र?
तर के तपाईंलाई थाहा छ — ज्ञान तपाईं वरिपरि नै छ।
तपाईंले केवल गहिरो सास फेर्नुहोस् र अवलोकन गर्न सुरु गर्नुहोस्।
अब प्रश्न उठ्छ — अवलोकन कहाँ गर्ने?
उत्तर हो — प्रकृतिमा।
सामान्य बगैँचाको काम होस् वा बिहानको जंगलको हिँडाइ — यी क्रियाकलापहरू तपाईको मनलाई फेरि ताजा बनाउन सक्छन्, यदि तपाईंले अवलोकन गर्न जान्नुभयो भने।
यहाँ पाँचवटा बुँदाहरु प्रस्तुत गरिएका छन्, जुन तपाईंले प्रकृतिबाट तपाईंको कर्पोरेट जीवनका लागि सिक्न सक्नुहुन्छ:
१) धैर्यता नै फलको कडी हो
के तपाईंले कहिल्यै बिरुवा रोप्नु भएको छ? वा अरू कसैलाई रोप्दै गरेको देख्नु भएको छ?
फूल वा फल फुल्न समय लाग्छ, माया लाग्छ, र धैर्यता चाहिन्छ।
ठीक यसैगरी, जीवनमा सफलता पनि तुरुन्तै हात लाग्दैन — त्यसको लागि निरन्तर मिहिनेत र धैर्यता आवश्यक हुन्छ।
२) क्याटरपिलर प्रभाव — बाहिरी आवरणबाट मूल्यांकन नगर्नुहोस्
क्याटरपिलर देख्नुभएको छ?
“पुतली (butterfly) समात्ने” भन्ने वाक्यांश सुन्नुभएको छ होला।
तर कहिल्यै “क्याटरपिलर समात्ने” भन्ने सुन्नुभएको छ?
सायद छैन।
तर पुतली पनि आखिर क्याटरपिलर नै हो — परिवर्तनपछि।
त्यो रूपान्तरण सजिलो हुँदैन।
त्यसैगरी, कुनै व्यक्तिको मूल्य तत्कालै आँकलन गर्नु हुँदैन।
उनी अनुभव, समय र संघर्षबाट कसरी विकास गर्छन् भन्ने कुरा तपाईं कल्पनै गर्न सक्नुहुन्न।
३) मौसमले धेरै कुरा निर्धारण गर्छ, तपाईंले गर्नुपर्ने कुरा भनेको हरेक परिस्थितिमा अनुकुल रहन सक्नु हो
चार्ल्स डार्विनको "Survival of the Fittest" सुन्नुभएको छ?
त्यहाँ "फिट" भन्नाले बलियो व्यक्ति मात्र होइन, जो हरेक परिस्थितिमा अनुकुल रहन सक्छ उ नै लामो समयसम्म बाँच्छ।
मौसम परिवर्तन हुँदा तपाईंको खानपिन, लुगाफाटा, जीवनशैली सबै परिवर्तन हुन्छ।
जाडोमा न्यानो लुगा, गर्मीमा हल्का लुगा — यो अनुकूल रहनसक्ने क्षमता हो।
कम्पनी वा उद्योगमा पनि परिवर्तनको अनुकूल हुन नसक्ने कर्मचारी पछाडि पर्छन्।
४) रूखलाई स्थिर हुन के चाहिन्छ — जरा कि हाँगा?
जब तपाईं रूख हेर्नुहुन्छ, तपाईंले के देख्नुहुन्छ?
हाँगा, पात, फूल वा फल — तर तपाईंले जरा देख्नुहुन्न।
तर त्यही जरा नै रूखलाई पोषण दिन्छ, आँधीबेहरीबाट जोगाउँछ।
ठीक त्यसैगरी, तपाईंको मन नै तपाईंको शक्तिशाली हिस्सा हो —
यसलाई शान्त राख्नुहोस्, ज्ञानले भरिरहनुहोस्, निरन्तर प्रशिक्षित गर्नुहोस् —
त्यसले तपाईंलाई अकल्पनीय सफलता दिलाउनेछ।
जति सकिन्छ उति नम्र रहनुहोस्।
५) प्रकृतिमा विविधता
प्रकृतिले सधैं दिएको छ — कहिल्यै लिएको छैन।
प्रकृतिमा सबै जीवले सहअस्तित्वमा बाँच्न सिकेका छन्।
विविधता भित्र सन्तुलन रहेको हुन्छ।
माहुरी बिना परागसेचन सम्भव हुँदैन,
फङ्गस र सूक्ष्मजीव बिना पोषण चक्र अपूरो हुन्छ।
ठीक त्यसैगरी, कुनै पनि संस्था वा कम्पनी विभिन्न पृष्ठभूमिबाट आएका मानिसहरूद्वारा बनेको हुन्छ।
प्रत्येकको भिन्न भूमिका हुन्छ — सानो होस् या ठूलो —
हरेकले आआफ्नो जिम्मेवारी पुरा गरेमा मात्रै संस्था सफल हुन्छ।
यस बाहेक, तपाईंले एन्ट (कमिला), बीहाइभ (माहुरीको घार) वा वल्फ प्याक (भेँडाको समूह) बाट पनि टोली कार्यको उत्कृष्ट उदाहरण पाउनुहुन्छ।
अन्त्यमा…
प्रकृतिबाट प्रेरणा लिन सकिने उपायहरू अनगिन्ती छन्।
म आशा गर्छु तपाईंले जब प्रकृतिलाई हेर्नुहुन्छ, त्यसबाट कर्पोरेट जीवनका लागि नयाँ दृष्टिकोण पाउनुहुनेछ।
यदि तपाईंले पनि यस्ता अरू उदाहरणहरू जान्नुभएको छ भने, कृपया शेयर गर्नुहोस्।
यो लेख मेरो व्यक्तिगत विचार हो, र कुनैपनि व्यक्तिलाई अपमान गर्ने उद्देश्यले लेखिएको होइन।
यो लेख लेखिकाको सोसल मिडियाबाट साभार गरेर नेपालीमा अनुवाद गरि प्रकाशित गरिएको हो।