यौन सम्बन्ध नगर्नुका धेरै कारणहरू हुन सक्छन्। तपाईं विवाह नभएसम्म वा सम्बन्धमा कुनै महत्वपूर्ण मोड नआएसम्म यौन सम्बन्धबाट टाढा बस्न चाहनु भएको हुन सक्छ। तपाईं यौन साझेदार खोज्दै हुनुहुन्छ तर उपयुक्त व्यक्ति भेटिनुभएको छैन। वा तपाईं लामो दूरीको सम्बन्धमा हुनुहुन्छ, जसले तपाईंलाई टाढा राखेको छ। त्यसैगरी, तपाईं सम्बन्धमा हुनुहुन्छ तर द्वन्द्व वा तनावका कारण यौन सम्बन्ध रोकिएको हुन सक्छ।
हेल्थ लाइनका अनुसार, “यौन सम्बन्ध नगर्दैमा तपाईंमा केही बिग्रन्छ वा शरीर पुरानो हुन्छ भन्ने होइन।” त्यसैले, यदि तपाईं यौन सम्बन्धबाट विश्राम लिइरहनु भएको छ भने तनाव नलिनुहोस्। यद्यपि, यौन सम्बन्ध नगर्दा मासिक धर्मको दुखाई (क्र्याम्प्स) बढी हुनसक्छ भन्ने कुरा उल्लेखनीय छ।
मासिक धर्म पीडा र यौन सम्बन्ध
अधिकांश महिलाहरू मासिक धर्मको समयमा पीडा अनुभव गर्छन्, जुन निकै कष्टकर हुन्छ। यौन सम्बन्धले यस्तो पीडालाई कम गर्न सहयोग पुर्याउँछ। ओर्गाज्म हुँदा शरीरमा एंडोर्फिन नामक हार्मोन छुटिन्छ, जसले शरीरलाई आराम दिन्छ।
तर, यौन सम्बन्धबाहेक पनि एंडोर्फिन बढाउने उपायहरू छन् – जस्तैः
नियमित व्यायाम
चकलेट खानु
सानो परिमाणमा वाइन पिउनु
योनीको स्वास्थ्यमा असर
यदि नियमित रूपमा यौन सम्बन्ध नहुने हो भने, महिलाको योनीको भित्ताहरू कमजोर र पातलो हुन सक्छन्।
डाक्टर केशिया गाइदर का अनुसार, यौन उत्तेजनाले पेल्भिक क्षेत्रतर्फ रक्त प्रवाह बढाउँछ, जसले योनी र भगाङ्गलाई लचिलो, स्वस्थ र ओसिलो राख्न सहयोग पुर्याउँछ।
पुरुषको प्रोस्टेट स्वास्थ्यमा असर
यौन गतिविधि कम हुँदा पुरुषको प्रोस्टेट ग्रन्थिमा पनि असर पर्न सक्छ। डाक्टर माइल्स स्पार का अनुसार, मासिक रूपमा कम्तिमा २१ पटक वीर्य स्खलन गर्ने पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम कम हुन्छ।
०–३ पटक मात्र वीर्य स्खलन गर्नेहरूमा अन्य रोगबाट मृत्यु हुने सम्भावना पनि बढ्ने अध्ययनले देखाएको छ।
रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ
वेभ एम डि अनुसार, हप्तामा एकपटक यौन सम्बन्ध गर्दा शरीरमा इम्युनोग्लोबुलिन A (IgA) बढ्छ, जुन रुघा र फ्लु बिरूद्धको पहिलो रक्षा पंक्ति हो।
विल्किस विश्वविद्यालयका डा. कार्ल चार्नेट्स्की भन्छन् – यौन सम्पर्क गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
यदि तपाईं यौन सम्पर्कबाट टाढा हुनुहुन्छ भने, तपाईंलाई रुघा वा फ्लु लाग्ने सम्भावना बढी हुन सक्छ। तर चिन्ता नगर्नुहोस् पोषणयुक्त खानेकुरा सेवन गरेर पनि प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिन्छ।
शरीर दुख्ने समस्या बढ्न सक्छ
यौन सम्पर्क नगर्दा, कम्मर दुख्ने वा शरीरका अन्य भागहरू दुख्ने समस्या बढी महसुस हुन सक्छ।
तर व्यायाम, पौष्टिक आहार र प्राकृतिक औषधीले यस्ता दुखाइहरू कम गर्न सकिन्छ।
सम्बन्धमा असर पर्न सक्छ
यौन सम्पर्कको अभावले शरीरमा शारीरिक, मानसिक र भावनात्मक असर पार्न सक्छ।
साथै, सम्बन्धमा पनि टाढापन र असन्तुलन आउन सक्छ, जसले अन्ततः तपाईंको सम्पूर्ण स्वास्थ्यमा असर गर्न सक्छ।
यदि तपाईं यौन सम्बन्धबाट टाढा बस्नुभएको छ भने – डराउनु पर्दैन, शरीरमा केही कुरा परिवर्तन हुन्छन् तर तपाईंले उचित जीवनशैली, आहार, व्यायाम, र आत्मसम्मानले ती असरहरूलाई व्यवस्थापन गर्न सक्नुहुन्छ।