इन्डिगो विमान उड्नै लाग्दा इन्जिनमा लाग्यो आगो

akabarenews.com

बुधबार भारतको अहमदाबादबाट दिवका लागि उडेको इन्डिगोको उडान एटीआर७६ को इन्जिनमा आगलागी भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा ६० जना यात्रु थिए। विमान रनवेमा उडान भर्ने तयारीमा थियो, त्यतिबेला पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई आपत्‌कालीन 'मेडे' कल पठाए र उडान रोकियो।

यो दुर्घटना बिहान ११ बजेतिर भएको थियो। यसपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ।

यसको एक दिनअघि मंगलबार पनि हङकङबाट आएको एयर इन्डियाको उडान-३१५ को सहायक पावर युनिट (एपीयू) मा दिल्ली विमानस्थलमा अवतरण गर्ने बित्तिकै आगो लागेको थियो। 

प्रतिक्रिया