काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा फेल भएकालाई गैरकानुनी रूपमा पास गराउने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई शुक्रबार कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
सवारी चालक अनुमति पत्रको परीक्षा फेल भएकाहरूलाई वर्ग अनुसार १५ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम असुली पास गराउने सेटिङ भइरहेको भन्ने उजुरी सूचनाका आधारमा अख्तियारको टोली यातायात व्यवस्था कार्यालय भरतपुर पुगेको थियो ।
अनुसन्धानका क्रममा इन्द्रजित गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको छ । साथै, कार्यालय प्रमुख विष्णु भट्टराई, अन्य कर्मचारीहरू र महालक्ष्मी, गुरुङ तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र विभिन्न कागजात समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् ।
पुरा विवरण :