अनुज लामाको आवाजमा "टाढा नजाउ" सार्वजनिक हुने तयारीमा

akabarenews.com

काठमाडौं । नयाँ गीत “टाढा नजाउ” सार्वजनिक हुने तयारीमा रहेको छ। अरुणा रुम्बा को प्रस्तुतिमा र अदृश्य आर्ट्स को सहकार्यमा बनेको यो संगीतिक फिल्म (अफिसियल म्युजिक भिडियो) लाई किरण चापागाईं ले निर्देशन गरेका छन्।गीतमा शब्द अरुणा रुम्बा ले लेखेकी हुन् भने स्वर र संगीत अनुज लामा ले दिएका छन्। एरेन्जर निरोज लामा र मिक्स–मास्टर किशोर थापा रहेका छन्।भिडियोमा कलाकार पुनम लुम्जुमी मगर र पुकार चापागाईं को अभिनय देख्न सकिनेछ। छायांकन पंकज महरा, सम्पादन सन्स्कार उपाध्याय, र अन्य प्राविधिक टिमको विशेष योगदान रहेको छ।

प्रतिक्रिया