कोरियाले ५ हजार माग्दा एक लाख बढीले दिए आवेदन

akabarenews.com

रोजगार अनुमति प्रणाली (इपिएसा) अन्तर्गत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका छन्।

इपिएस शाखाले नेपालीहरू युवाहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन गएको साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरेको थियो।

शाखाका अनुसार कोरियाले पाँच हजार तीन सयको कोटा तोकेको छ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय छ।

प्रतिक्रिया