भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबल सुरु भएको छ।
तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा जारी सम्मेलनको यो सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहअध्यक्षता गरेका छन्। यो सत्रमा अहिले छलफल चलिरहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरि प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
06 August 2025