श्रीकृष्ण जन्माष्टमी : प्रेम, भक्ति र जीवनदर्शनको महोत्सव

akabarenews.com

लेखक: सुधिर लोहनी


हिन्दू सभ्यता संस्कृतिमा भगवान श्रीकृष्णलाई विशेष स्थान दिइएको छ। उहाँलाई विष्णु भगवानको आठौं अवतारका रूपमा मानिन्छ उहाँको जन्मलाई विश्वभरका हिन्दूहरूले महान् पर्वका रूपमा मनाउने गर्दछन्। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमी आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनेर श्रद्धा, भक्तिभाव उल्लासका साथ मनाइन्छ। नेपाल, भारत मात्र नभई सम्पूर्ण विश्वमा रहेका वैष्णव कृष्णप्रेमीहरूले यस दिनलाई दिव्य उत्सवको रूपमा ग्रहण गर्छन्।

धार्मिक ग्रन्थहरूका अनुसार, श्रीकृष्णको जन्म मथुरा नगरीमा भएको हो। उहाँका पिता वसुदेव आमा देवकी थिए। देवकीका भाइ कंश अत्यन्तै क्रूर, अत्याचारी अन्यायपूर्ण शासन गर्ने राजा थिए। कंशलाई भविष्यवाणी गरिएको थियो कि देवकीको आठौं सन्तानले तिम्रो मृत्यु ल्याउनेछ। यही भविष्यवाणीको डरले उनले देवकी वसुदेवलाई कैद गरे उनीहरूबाट जन्मिएका सन्तानहरूलाई क्रमशः मार्दै गए। तर आठौं संतानको रूपमा कृष्ण जन्मनुभएका रातमा कारागारका ढोका आफैं खुल्न पुग्यो, वसुदेवले रातारात बालक कृष्णलाई गोकुलमा नन्द-यशोदा बस्ने घरमा पुर्‍याएर सुरक्षित राखे। त्यसरी गोकुलमा पालनपोषण हुँदै बालकृष्णले बाल्यकालदेखि नै अनगिन्ती लीलाहरू प्रस्तुत गर्नुभयो, जसले उहाँलाई असाधारण बनायो।

 कृष्णको बाल्य जीवनलाई बाललीला भनिन्छ। गोकुलमा उहाँले गरेका कार्यहरू आज पनि भक्तहरूको हृदयमा अमिट छापका रूपमा रहेका छन्। माखन चोरी गर्नु, गोपिनीहरूको मन लोभ्याउनु, यमुनामा आतंक मच्चाउने कालिय नागलाई पराजित गर्नु गोवर्धन पर्वतलाई औंलाले उठाएर गाउँलेलाई इन्द्रदेवको वर्षाबाट बचाउनु उहाँको प्रसिद्ध लीलामध्ये पर्दछन्। यी घटनाले अहंकारलाई नष्ट गर्ने, निर्दोष आनन्दलाई अंगाल्ने प्रकृतिको पूजा गर्ने सन्देश दिएका छन्।

 श्रीकृष्णलाई केवल बाललीलामा सीमित गर्न सकिँदैन। उहाँको राधासँगको प्रेम सम्बन्धलाई आत्मिक दिव्य प्रेमको प्रतीकका रूपमा मानिन्छ। राधाकृष्णको प्रेम सांसारिक आकर्षण मात्र नभई आत्मा परमात्माको मिलन हो भन्ने धारणा रहेको छ। भक्तियोगमा राधाकृष्णको सम्बन्धलाई निस्वार्थ प्रेम समर्पणको उच्चतम रूपका रूपमा व्याख्या गरिन्छ।

श्रीकृष्णको जीवनको अर्को महत्वपूर्ण अध्याय महाभारतसँग सम्बन्धित छ। कुरुक्षेत्रको युद्धमा अर्जुन युद्ध गर्न तयार नभएका बेला कृष्णले सारथि बनेर उनलाई भागवत गीताको  उपदेश दिनुभयो। गीतामा जीवनलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्ने गहिरा दर्शन समेटिएका छन्। कर्मयोगमार्फत निष्काम कर्म गर्ने सन्देश, भक्तियोगमार्फत आफुलाई परमेश्वरप्रति समर्पण गर्ने शिक्षा, ज्ञानयोगमार्फत  आत्माज्ञा प्राप्त गर्ने उपाय, सुखदुःख, लाभहानि, मित्रशत्रु सबैमा समान दृष्टि राख्ने उपदेशयी सबै शिक्षाले गीतालाई केवल धार्मिक ग्रन्थ नभई जीवन दर्शनको सर्वोच्च मार्गदर्शक बनाएको छ।

 जन्माष्टमीको धार्मिक महत्त्व गहिरो छ। यस दिन भक्तहरूले उपवास बस्छन्, व्रत गर्छन् मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउँछन्। यसले भक्तिभावलाई उन्नत बनाउने, आत्मालाई शुद्ध गर्ने, अहंकार लोभद्वेष जस्ता नकारात्मकता हटाउने, आध्यात्मिक साधना गर्न प्रेरित गर्ने सामाजिक एकता बढाउने काम गर्दछ। जन्माष्टमीले प्रत्येकलाई आफ्नो जीवनमा कृष्णको दर्शनलाई आत्मसात गर्न आह्वान गर्दछ।

 नेपालमा पनि जन्माष्टमी भव्य रूपमा मनाइन्छ। पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर, हनुमानढोका दरबारको कृष्ण मन्दिर देशभरका मठमन्दिरमा भक्तजनहरूको भीड लाग्छ। बिहानैदेखि व्रत बसेर मन्दिर दर्शन गर्ने, भजन-कीर्तनमा सहभागी हुने मध्यरातमाश्रीकृष्ण जन्म घोषणा गर्ने परम्परा आज पनि जीवित छ। पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा हजारौं भक्तजन जम्मा भई भजन-कीर्तन, प्रवचन, नाच-गान, नाटक कृष्णलीला हेर्ने गर्दछन्। कतिपय स्थानमा बालकृष्णलाई पाल्नामा राखी झुलाउने परम्परा पनि अविच्छिन्न रूपमा चलिआएको छ। यसरी जन्माष्टमीले धार्मिकसँगै सांस्कृतिक सामाजिक महत्त्व पनि बोकेको छ।

जन्माष्टमी केवल धार्मिक पर्व नभई सांस्कृतिक पर्व पनि हो। यस अवसरमा भजन-कीर्तन प्रतियोगिता आयोजना गरिन्छ, नाटक नृत्यमार्फत कृष्णलीला प्रस्तुत हुन्छ, सामूहिक भोज दानपुण्य गरिन्छ। भक्तजनलाई माखन-मिश्री प्रसाद वितरण गरिन्छ। यी सबै कार्यहरूले समाजमा सद्भाव, एकता आपसी प्रेमलाई मजबुत बनाउँछन्।

 श्रीकृष्णलाई केवल देवी-देवता नभई जीवनको मार्गदर्शकका रूपमा पनि बुझिन्छ।  उहाँको राजनीतिक बुद्धिमत्ता, बाँसुरीप्रतिको मोह कलात्मकता, सत्य धर्मप्रतिको समर्पण---यी सबैले हाम्रो आफ्नो  जीवनका विभिन्न पक्षमा आदर्शको भाव सिर्जना गर्दछ्न्। साथै राजनीतिमा  न्यायपूर्ण तरिकाले सत्यको पक्षमा उभिनु , कलामा  संगीतप्रतिको मोहलाई महत्व दिनु र सत्य धर्मको पक्ष लिनु नै जीवनको मूल उद्देश्य हुनुपर्नेमा जोड दिन्छ।

 समकालीन सन्दर्भमा पनि श्रीकृष्ण जन्माष्टमीको सन्देश अत्यन्तै सान्दर्भिक छ। आजको समाजमा अहंकार, भ्रष्टाचार अन्याय चुलिँदै गएको छ। यसलाई अन्त्य गर्न कृष्णको जीवनबाट प्रेरणा लिन सकिन्छ। राधाकृष्णको प्रेमजस्तै निस्वार्थ सम्बन्धलाई सम्मान गर्ने, अर्जुनलाई दिएको उपदेशजस्तै आफ्नो जिम्मेवारीमा दृढ रहने, सामूहिक पूजाआजा उत्सवमार्फत सामाजिक सद्भाव बढाउने---यी सबै आज पनि अत्यन्तै आवश्यक शिक्षाहरू हुन्।

 यसरी हेर्दा, श्रीकृष्ण जन्माष्टमी केवल धार्मिक उत्सव होइन, आत्मज्ञान, समाजिक एकता मानवताको उत्सव पनि हो। यसले हामीलाई प्रेम, सत्य, धर्म निष्काम कर्मलाई अंगाल्न प्रेरित गर्छ। चाहे उहाँलाई बालगोपालका रूपमा सम्झौं, माखनचोरका रूपमा पूजा गरौं, गोवर्धनधारीका रूपमा श्रद्धा गरौं वा योगेश्वरका रूपमा सम्मान गरौं। श्रीकृष्णले दिने शिक्षा सधैं एउटै , धर्मको पक्ष लिनु, प्रेम सत्यलाई अंगाल्नु निष्काम भावले कर्म गर्दै जानु।

प्रतिक्रिया