काठमाडौं । नेपाली
कथा साहित्यलाई पुनर्जागरण
गर्ने उद्देश्यले सञ्चालन
भइरहेको "दशक–दशकका
कथा वाचन" कार्यक्रमअन्तर्गत
राजधानीमा चार दशकका
उत्कृष्ट चार कथाको
वाचन सम्पन्न भएको
छ।
साहित्यिक गतिविधि प्रायः पुस्तक
विमोचन र कवि गोष्ठीमै सीमित हुने
काठमाडौंमा यस पटकको
कथा वाचनले पाठक
र श्रोतालाई निकै
आकर्षित गर्यो। पछिल्ला
पचास वर्षदेखि निरन्तर
लेखनमा सक्रिय कथाकार मञ्जु
काँचुलीले जीवनमा पहिलो
पटक कथा वाचन
गर्न पाएको अनुभव
सुनाउँदै भनिन्, “सधैं कविता
मात्र वाचन हुने
परम्परा देखेको थिएँ,
आज पहिलो पटक
कथा वाचन गर्न
पाउँदा अत्यन्तै खुशी
छु।”
घट्टेकुलोस्थित
साहित्यकार पुष्कर लोहनीको
निवासमा आयोजना भएको
यो विशेष कार्यक्रममा
फरक–फरक दशकका
चार कथाकारहरूले आफ्ना
प्रतिनिधि कथा प्रस्तुत
गरे।
कार्यक्रमको २२औं शृंखलामा
कथाकार सुनिल पौडेलले
२०४८ सालमा प्रकाशित
आमा म रुँदिन
कथा वाचन गरे
भने मञ्जु काँचुलीले
२०५२ सालको आगो
कथा प्रस्तुत गरिन्।
त्यसैगरी, मणि लोहनीले
२०६५ सालको अनेक
रंग जीवनका र
निरुपा प्रसुनले २०७१
सालमा प्रकाशित बोका
शीर्षकको कथा वाचन
गरे।
वाचन भएका कथामाथि
समालोचक प्रा. डा.
भरतकुमार भट्टराई र प्रमोद
प्रधानले आफ्नो विश्लेषणात्मक
मन्तव्य राख्दै नेपाली
कथाले समाजका विविध
रंगलाई समयानुकूल चित्रण
गरेको टिप्पणी गरे।
कार्यक्रमको सुरुमा भने
दिवंगत स्रष्टा एम.
लक्ष्मीको रोदन शीर्षकको
कथा वाचन गरियो।
यो कथा सन् १९९२ मा
शारदा पत्रिकामा प्रकाशित
भएको थियो।
साहित्यकार र पत्रकारहरूको
बाक्लो उपस्थिति रहेको
कार्यक्रममा वातावरण निकै जीवन्त
बनेको थियो।
नेपाली कथाको पुनर्जागरणको
अभियान स्वरूप पुष्कर
लोहनी र चन्द्रप्रसाद
भट्टराईको संयोजनमा दशक–दशकका
कथा वाचन हरेक
महिना हुँदै आएको
छ। यसअघि २०६०
को दशकमा ‘प्रस्फुटन
परिवार’को आयोजनामा
साहित्यकार दीपक लोहनी
र मणि लोहनीको
संयोजनमा करिब दुई
वर्षसम्म एकादेश नामक
कथा वाचन सभा
नियमित सञ्चालनमा आएको
थियो।