सर्वोच्च कमान्डर बसवराज मारिएको बदला लिँदै, भाकपा द्वारा वरिष्ठ प्रहरी (एसएसपी)को हत्या

akabarenews.com

काठमाडौं । आफ्ना सर्वोच्च कमान्डरसहित सयौं कमरेड मारिएको घटनाको बदला लिने क्रममा भारतको सशस्त्र माओवादी विद्रोहीले प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को हत्या गरेको छ ।

छत्तीसगढको सुक जिल्लामा सोमबार बिहान भएको एक बम विस्फोटनमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधिक्षक एसएसपी प्रकाश राव गिरिपुन्जेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मओवादीका सर्वोच्च नेता नाम्बाला केशवराव उर्फ बसवराजसहित ४०० माओवादीको हत्याको विरुद्ध सो पार्टीले भारत बन्द आह्वान गरेको छ । सुरक्षा मजबुत बनाउने क्रममा पैदल गस्तीमा निस्किएका प्रहरी अधिकारी बम विस्फोटनमा परेको उपमुख्यमन्त्री जिय शर्माले बताएका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ भित्र भारतमा माओवादीलाई सखाप पार्ने र सन् २०२९ सम्म कम्युनिस्ट मुक्त भारत बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया