दुई वटा प्याराग्लाइडिङ दुर्घटना

akabarenews.com

पोखरामा ल्यान्डिङ गर्ने क्रममा बुधबार दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् ।  पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । 

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो । 

प्रतिक्रिया