काठमाडौं । मन्डला थिएटरको प्रस्तुती क्वियर समुदायको आत्म-अन्वेषणको गहिरो प्रश्न बोकेको नाटक ‘चन्द्रलाई कसले मार्यो?’ को असार २५ गते मण्डला थिएटरमा मञ्चन सुरु गरिएको छ। यो नाटकले फरक लैंगिक क्षमता भएका एक व्यक्तिको आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, डिप्रेसन, र आत्महत्या जस्ता संवेदनशील पक्षहरूलाई समेटेको छ।
रंगकर्मी सन्दीप श्रेष्ठले
परिकल्पना, लेखन तथा निर्देशन गरेको यो नाटक LGBTQI++ (एलजीबीटीक्यूआइएईप्लस) समुदायभित्रको
पीडा र उनीहरूले भोग्दै आएको आत्मसंघर्ष लाई मुख्य विषयवस्तु बनाएको छ।
सम्बन्धहरूको बदलिँदो स्वरूप, हरेक पात्रको फरक दृष्टिकोण, र ‘चन्द्र’ को आँखाबाट
संसार हेर्ने प्रयास यो नाटकमा गरिएको छ। निर्देशक
श्रेष्ठले ‘क्वियर’ समुदायका धेरै व्यक्तिले वर्षौंदेखि आफ्नो अस्तित्वसँग
जुधिरहेका, समाजमा खुलेर बोल्न नसक्ने, र समाजलाई बुझाउने भाषा नपाउने पीडाहरूलाई नाटकमा सशक्त
रूपमा प्रस्तुत गरेका छन्।
साउन १८ गतेसम्म मञ्चन हुने
यो नाटकमा निर्देशक श्रेष्ठसहित कलाकारहरू भावना उप्रेती, सीतादेवी तिमल्सेना,
मिलन कार्की,
मौसम खड्का,
तेन्जु योञ्जन,
प्रितिशा
अधिकारी र किरण चापागाईं को अभिनय रहेको छ। नाटक सोमबार बाहेक प्रत्येक दिन साँझ
५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ मञ्चन हुनेछ।