कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
मन्त्रालयको सिफारिस समितिले आज (भदौ १ गते) सूचना जारी गरी दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो।
आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म पनि दरखास्त दिन सकिने सूचना उल्लेख छ। निर्धारित मिति र समयभन्दा बाहिर आएका तथा रीत नपुगेका दरखास्त स्वीकृत नगरिने मन्त्रालयले जनाएको छ।
यस विषयमा विस्तृत जानकारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट www.moald.gov.np र दुग्ध विकास संस्थानको वेबसाइट www.ddc.gov.np बाट Download गर्न सकिने जनाइएको छ।
अन्य थप जानकारीका लागि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेक्स) मा सम्पर्क गर्न सकिने छ।
हेर्नुहोस्, सूचना: